नागरिकता र एमसीसीविरुद्ध राप्रपा कास्की सडकमा
पाेखरा | साउन १४, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले नागरिक विधेयकको विरोध गर्दैै पोखरामा सांकेतिक रुपमा चक्काजाम र विरोधसभा गरेको छ ।
राप्रपा कास्कीले सडकमा चक्काजाम गर्दैमा जनताले दुःख पाउने भएकाले नागरिकलाई कुनै दुःख दिन नचाहने भन्दै १५ मिनेटमात्र चक्काजाम गरेको जनाएको छ ।
पृथ्वीचोकमा आयोजित कोणसभामा बोल्दै राप्रपाका केन्द्रिय सदस्य जयबहादुर पुनले एमाले कांग्रेस माओवादीले देशको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाए । उनले भने, ‘आजबाट राप्रपा सडक आन्दोलनमा छ नेपालमा संघीयता खारेज नभएसम्म निरन्तर आन्दोलनमा रहन्छौ ।’
केन्द्रिय सदस्य पुनले देश श्रीलंका जस्तै हुन लागेकाले अव देश विकासका लागि एमाले कांगे्रस माओवादी होइन, आम नेपाली भएर अगाडी बढे मात्र देश विकास सम्भव हुने धारणा राखे ।
राप्रपाले देशमा एमसीसी, एसपीपी पास भए देश युक्र्रेन बन्ने भएकाले सरकारले तत्काल खारेज गर्नुुपर्ने माग राखेको छ । हालै प्रतिनिधि सभाबाट पास भएको नागरिक विद्येयकले देशका लागि भन्दा पनि विदेशीको लागि फाइदा पु¥याएको राप्रपाको आरोप छ ।

देशमा जन्मसिद्ध नागरिकता पाउने अधिकार भएको र विदेशीलाई स्वदेशमा व्यापार व्यवसाय गर्न अगिकृत नागरिकता दिने व्यवस्था भएको तर देश सञ्चालन गर्ने अधिकार नभएको राप्रपाका केन्द्रिय सदस्य पुनको धारणा छ ।
राप्रपा कास्कीले हालै प्रतिनिधि सभाबाट पारित भएको नागरिक विधेयक खारेज हुनपर्ने, एमसीसी, एसपीपी, र संघियता खारेजी लगायतका २२ बुदे माग राख्दै सडक आन्दोलनमा उत्रिएको हो ।
सडक आन्दोलनमा ‘गणतन्त्र मुर्दावाद’, ‘नागरिक विधेयक खारेज गर’लगायतका नारा लगाउँदै पृथ्वीचोकमा १५ मिनेट चक्काजाम गरेका थिए ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

